सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

फुटबल खेलाडी अस्मिता अब नाइक ब्राण्डसँग आबद्ध

सोमबार, २१ कात्तिक २०७९, १९ : ०१
सोमबार, २१ कात्तिक २०७९

 बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबसँग आवद्ध रहँदै आएकी अस्मिता आलेमगरले  नाइकसँग सम्झौता गरेकी छन् । उनले विश्वप्रशिद्ध स्पोर्ट्स ब्राण्ड ‘नाइक’ सँग नयाँ सम्झौता गरेकी हुन् । बेलायतको प्रिमियर लिग क्लबमा स्थान बनाएकी नेपाली मूलकी पहिलो फुटबलर अस्मितालाई प्रतिष्ठित ब्राण्ड नाइकले प्रायोजन गरेको हो ।

नाइकसँगको सम्झौतामा हस्ताक्षर गर्दै सो कुराको जानकारी गराउन पाउँदा आफूलाई खुसी लागेको भन्दै इन्स्ट्राग्राममा उनले तस्विर सार्वजनिक गरेकी छन् । विश्वका चर्चित खेलाडीहरुसँग प्रायोजन सम्झौता गर्ने नाइकबाट प्रायोजनको अवसर पाउने खेलाडीमा अस्मिता सम्भवत: पहिलो नेपाली मूलकी महिला हुन् ।

भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले १९ वर्षमुनिका सहभागी हुने ‘युरोपियन च्याम्पियन फाइनल्स’ का लागि सन् २०१९ मा स्टकटल्यान्डमा भएको खेलमा इङ्ल्याण्डको तर्फबाट सहभागीसमेत  भएकी थिइन् । सन् २००१ मा बेलायतमा जन्मिएकी अस्मिताका  पिता अमृत आले क्वीन्स गोरखा सिग्नलका पूर्व गोर्खा सैनिक हुन् । उनका पिता स्क्वास खेलमा नेपालका पूर्व राष्ट्रिय  खेलाडी हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप