फुटबल खेलाडी अस्मिता अब नाइक ब्राण्डसँग आबद्ध
बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबसँग आवद्ध रहँदै आएकी अस्मिता आलेमगरले नाइकसँग सम्झौता गरेकी छन् । उनले विश्वप्रशिद्ध स्पोर्ट्स ब्राण्ड ‘नाइक’ सँग नयाँ सम्झौता गरेकी हुन् । बेलायतको प्रिमियर लिग क्लबमा स्थान बनाएकी नेपाली मूलकी पहिलो फुटबलर अस्मितालाई प्रतिष्ठित ब्राण्ड नाइकले प्रायोजन गरेको हो ।
नाइकसँगको सम्झौतामा हस्ताक्षर गर्दै सो कुराको जानकारी गराउन पाउँदा आफूलाई खुसी लागेको भन्दै इन्स्ट्राग्राममा उनले तस्विर सार्वजनिक गरेकी छन् । विश्वका चर्चित खेलाडीहरुसँग प्रायोजन सम्झौता गर्ने नाइकबाट प्रायोजनको अवसर पाउने खेलाडीमा अस्मिता सम्भवत: पहिलो नेपाली मूलकी महिला हुन् ।
भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले १९ वर्षमुनिका सहभागी हुने ‘युरोपियन च्याम्पियन फाइनल्स’ का लागि सन् २०१९ मा स्टकटल्यान्डमा भएको खेलमा इङ्ल्याण्डको तर्फबाट सहभागीसमेत भएकी थिइन् । सन् २००१ मा बेलायतमा जन्मिएकी अस्मिताका पिता अमृत आले क्वीन्स गोरखा सिग्नलका पूर्व गोर्खा सैनिक हुन् । उनका पिता स्क्वास खेलमा नेपालका पूर्व राष्ट्रिय खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण