आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनको अभिमतले निर्वाचन जित्नेमा ढुक्क छु : ओनसरी घर्ती

बुधबार, २३ कात्तिक २०७९, १२ : ०४
बुधबार, २३ कात्तिक २०७९

नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न निर्वाचनमा आफ्नो जित झनै सुनिश्चित गरेको बताएकी छन् । बुधबार र काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले गठबन्धनको अभिमतले निर्वाचन जित्नेमा ढुक्क रहेपनि चुनावी घरदैलोले झनै उत्साह थपेको बताएकी हुन् । सत्ता गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधिसभाकी साझा उम्मेदवारसमेत रहेकी घर्तीले घरदैलो अभियानमा निर्वाचन क्षेत्रका मतदाताले गरेको स्वागतले आफ्नो टिममा उत्साह थपेको बताइन् । 

उनले भनिन्– ‘म र मेरो टिम धेरै नै उत्साहित छ । घरदैलोमा जाँदा जनताले धेरै माया गर्नुभएको छ । हामी विजयीको लागि पहिल्यैबाट स्पष्ट छौँ । घरदैलोमा आउँदा झनै उत्साहित भएका छौँ । विश्वस्त भएका छौँ । हामी मंसिर ४ को प्रक्रियालाई मात्रै कुरेर बसेका छौँ । हामी सत्तामा पुगेपछि जनताको हक अधिकार कुनैपनि कटौती नहुने गरी कानुन बनाउनेछौँ । जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्याउनेछौँ । खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्नेछौँ ।’

उनले आसन्न निर्वाचनमा आफ्नो जितमा स्पष्ट रहेको र मंसिर ४ को निर्वाचन प्रक्रियामात्रै कुरेर बसेको बताइन् । नेतृ घर्तीले निर्वाचनमा जित निकालेपछि जनताको कुनैपनि हक, अधिकारको कटौती नहुने गरी कानून निर्माण गर्ने प्रतिवद्धता जनाइन् । उनले विजयपछि जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्याउने, खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्ने प्रतिवद्धता जनाइन् । उम्मेदवार घर्तीले  आम नागरिकहरूले दिएको माया र स्वागतले भोलिका दिनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो कर्तव्य बढेको महसुस भएको बताइन् ।

नेतृ घर्तीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा ६४ प्रतिशत जनसमुदाय अहिले पनि खानेपानीको पहुँचमा नभएको भन्दै उनीहरूको माग पूरा गर्ने प्रतिवद्धता जनाइन् । उनले सफा, सुन्दर, सुरक्षित र दिगो विकासको माग जनताले गरेकाले  बाटो, पर्यटन क्षेत्रको विकास, स्पोर्ट्स सिटीको अवधारणा, ढल, कोरिडोरको समस्यालाई सरकारको पहुँचसम्म पुर्याउने बताइन् ।

उनले भनिन्– ‘हामी प्रत्येक दिन बिहानको समयमा जनताको घर घरमा पुगेर भोट माग्ने काम गरिरहेका छौँ । आम नागरिकहरूको स्वागतले भोलिका दिनमा यस क्षेत्रमा मेरो कर्तव्य बढेको महसुस भएको छ । यो समुदायभित्र ६४ प्रतिशत जनसमुदाय अहिले पनि खानेपानीको पहुँचमा हुनुहुन्न । सफा, सुन्दर, सुरक्षित र दिगो विकासको माग गर्नुभएको छ । बाटो, पर्यटन क्षेत्रको विकास, स्पोर्ट्स सिटीको अवधारणा, ढल, कोरिडोरको समस्या उठाउनुभएको छ । यी समस्यालाई सरकारको पहुँचसम्म पुर्याउनेछु ।’

निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरू पार्टीका चुनावी एजेन्डा लिएर देश दौडाहामा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप