मोरङ–३ ‘क’ मा के हुन्छ अबको निर्वाचन प्रक्रिया ?
मोरङ क्षेत्र नम्बर ३ (१) का प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधन भएसँगै उक्त क्षेत्रमा निर्वाचन आयोगले नयाँ निर्वाचनको कार्यक्रम तय गर्ने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालीग्राम पौडेलले उम्मेदवारी दर्तापछि कुनै उम्मेदवारको निधन भएमा ऐनअनुसार निर्वाचनको नयाँ कार्यक्रम तय गरेर निर्धारित मितिमै चुनाव हुने जानकारी दिए ।
‘नयाँ निर्वाचन कार्यक्रम तय हुन्छ । जुन पार्टीको उम्मेदवारको मृत्यु भएको हो सो पार्टीलाई उम्मेदवारी दिने, दावीविरोध गर्ने लगायतका प्रक्रियाहरू हुन्छन्’, आयोग प्रवक्ता पौडेलले भने, ‘निर्वाचन सोही मितिमा हुन्छ ।’
एक महिनादेखि अस्वस्थ थापा गठबन्धनका तर्फबाट कांग्रेसका साझा उम्मेदवार बनेका थिए । गठबन्धनको सहमतिअनुसार सो स्थानमा कांग्रेसले अव अर्को उम्मेदवार तय गर्ने बताइएको छ ।
निमोनियाबाट ग्रसित भएर विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत थापाको बुधबार बिहान निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
