नेवार समुदायले मनाए सकिमा पुन्ही
काठमाडौंका उपत्यकाका नेवार समुदायले कृषिमा आधारित पर्व सकिमा पुन्ही मनाएका छन् । कात्तिक शुक्ल पूर्णिमाका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति बनाइ प्रदर्शन गरी यो पर्व मनाएका हुन् ।
काठमाडौं उपत्यकाका विभिन्न नेवारी बस्तीमा पनि नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति मन्दिर परिसर र विभिन्न टोलमा हर्षोल्लासका साथ यो पर्व मनाएका छन् । नयाँ गेडागुडीबाट विभिन्न देवी देवताको मन्दिर बनाइ मन्दिरअघि र आफ्नो घर अगाडि प्रदर्शन गर्ने प्रचलन रहेको स्थानीयहरु बताउँछन् ।
यस क्रममा मंगलबार साँझ गहुँ, कालो भटमास, मकै भुटेर बनाइने देवी देवताको मूर्तिको आकृति प्रदर्शन गरिएको थियो । गेडागुडीबाट देवी देवताको आकृतिको कला दिइएको मूर्तिमा मास, पिँडालु, शखरखण्ड, कन्दमुल, फलफूल र विभिन्न प्रकारका रोटीले सजाइएको थियो ।
यस क्रममा मन्दिर अघि र टोल टोलमा भजनकीर्तन गाएर देवी देवताप्रति भक्ति र श्रद्धाभाव दर्साउने चलन रहेको छ । नेवार समुदायले भजनकीर्तन सकिएपछि फलफूल र रोटीका परिकारहरु एकै ठाउँमा जम्मा पारी प्रसादका रुपमा ग्रहण गर्ने परम्परा रही आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
-
आज अन्तर्राष्ट्रिय योग दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण