बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

विश्वकप सफल बनाउन कतारमा रहेका नेपाली समुदायलाई आग्रह

बिहीबार, २४ कात्तिक २०७९, १२ : ३१
बिहीबार, २४ कात्तिक २०७९

कतारको दोहा स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली संघसंस्था तथा समुदायलाई फिफा विश्वकप–२०२२ सफल बनाउन कतार सरकारलाई सहयोग गर्न आग्रह गरेको छ । 

दूतावासले एक विज्ञप्ति जारी गरी कतारमा रहेका नेपाली संघसंस्था र समुदायलाई उक्त आग्रह गरेको हो ।  ‘कतारमा क्रियाशील नेपाली समुदाय तथा संघसंस्थाहरुले पनि सम्पादन गनुपर्ने कुनै कार्यक्रम सम्भव भएसम्म स्थगित गरी इमान्दारिता, नैतिकता, कर्तव्यपरायण र उच्च मर्यादासहित फिफा विश्वकप सफल बनाउनका लागि जिम्मेवारी पूर्ण सहयोग गर्नु–गराउनु हुनेछ भन्ने विश्वास लिइएको छ,’ दूतावासले विज्ञप्तिमा भनेको छ । 

कतारमा यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म फिफा विश्वकप हुँदैछ । नेपाल र कतारबीचको सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन सबैले निरन्तर रुपमा सकारात्मक भूमिका र जिम्मेवारी बहन गर्नुपर्ने दूतावासले जनाएको छ । 
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप