आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनबाट केपी ओली दण्डित हुन्छन् : ओनसरी घर्ती

शुक्रबार, २५ कात्तिक २०७९, १८ : ०३
शुक्रबार, २५ कात्तिक २०७९

पूर्व सभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट एमाले अध्यक्ष केपी ओलीलाई दण्डित गरिने बताएकी छन् । ओलीले आफ्नो दलको बहुमत आउने दाबी गर्दै हिँडेको सुनिएको भन्दै घर्तीले संविधान र व्यवस्था मास्न उद्धत ओलीलाई मत दिए देश र जनताले दुःख पाउने उल्लेख गरिन् । 

०७४ को निर्वाचनमा पाँच वर्षका लागि जनताले म्याण्डेट दिए पनि सरकार चलाउन असफल भएर दुई पटकसम्म असंवैधानिक ढंगले प्रतिनिधिसभा भंग गरेका ओलीले फेरि जनतामा गएर बहुमत माग्नु अनैतिक भएको आरोप उनको थियो ।

‘केपी ओलीले बहुमतको सरकार चलाउन नसकेर पाँच वर्षका लागि जनताले दिएको जनादेशलाई लत्याउँदै दुईपटकसम्म संसद विघटन गर्नुभयो’, ‘काठमाण्डौं क्षेत्र नम्बर–२ अन्तर्गत शंकरापुर नगरपालिको नाङ्लेभारेमा शुक्रबार आयोजित लोकतान्त्रिक–वाम गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै घर्तीले भनिन्, ‘मैले सुनेको छु केपी ओलीले आफ्नो दलको बहुमत आउँछ भन्दै हिंड्नुभएको छरे । जनताले पाँच वर्षका लागि दिएको म्याण्डेट तोडेर पार्टी फुटाउनुभयो, संसद विघटन गर्नुभयो । अब जनताले उहाँलाई अभिमत होइन सजाय दिनुपर्छ । ओलीजी मंसिर ४ मा जनताले दिने सजाय भोग्न तयार भएर बसे हुन्छ ।’ 

उनले ओलीको प्रतिगमनलाई परास्त गर्न गठबन्धनलाई मत दिन मतदातालाई अपिल गरिन् । घर्तीले मुलुकले स्थिर सरकारसहित शान्ति र विकास चाहेको र त्यो आफूहरूको गठबन्धनले मात्र दिन सक्ने दाबी गरिन् । गठबन्धनले शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका एजेन्डा लिएर मत माग्न आएको उनले बताइन् । काठमाडौं–२ मा आफूहरूको  जित सुनिश्चित भइसकेको दाबी गर्दै उनले जितको औपचारिकताका लागि मात्र मंसिर ४ कुरेर बसेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप