पासो ट्रेलर : बक्समा किन थुनिइन् रिस्ता ?
मंसिरको १६ गतेबाट प्रदर्शन हुने फिल्म ‘पासो’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा दुई युवतीले बाँच्नका लागि गरेको संघर्षको कथा देखाउन खोजिएको छ । अपहरणमा परेपछि २ युवतीले बाँच्नका लागि गर्ने संघर्षको कथामा फिल्म बनेको हो । फिल्ममा रिस्ता बस्नेत र सुनिशा बजगाईंको मुख्य भूमिका छ । फिल्ममा कथा, पटकथा, संवाद र निर्देशन आरबी पुनको रहेको छ ।
भगवान भुजेलले निर्माण गरेको फिल्ममा राजकुमार राउत कार्यकारी निर्मातामा छन् । वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह–निर्माता रहेको फिल्ममा रिस्ता र सुनिशाको अलवा रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । सूर्य दयालुको संगीत,उत्तम हुमागाँइको छायांकन रहेको फिल्ममा सुरेश बस्यालको कोरियोग्राफी,भूपेन्द्र अधिकारीको सम्पादन छ ।
फिल्म बी.आर इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको हो । कार्यक्रममा फिल्मका कलाकारले छायांकन समयको अनुभव सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण