निर्वाचन प्रचारप्रसार अब ५ दिन बाँकी
आइतबार, २७ कात्तिक २०७९, १६ : ३१
मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ ।
निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस,आमसभा,कोणसभा,बैठक,भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था अन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ ।
मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारबाहीको क्रम जारी रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अङ्ग्रेजी भाषा शिक्षण सम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन सुरू
-
इलाम-२ उपचुनाव : उम्मेदवारको हिसाब–किताब र परिणामको पर्खाइ
-
सिन्धुलीको एसपीमा अर्जुन तिमिल्सिना
-
लिभरपुलको उपाधि होडमा ठुलो धक्का
-
इलाम–२ : आइतबार बिहानदेखि गौतमबुद्ध सभाहलमा मतगणना गरिने
-
अबको बजेटले सुदूरपश्चिम र कर्णालीको सन्तुलन कायम गर्छ : मन्त्री भण्डारी