चन्द्रागिरीबाट दुई घण्टाको प्रयासपछि चितुवा नियन्त्रणमा
काठमाडौंको चन्द्रागिरी क्षेत्रमा बस्तीमा पसेर आतंक मच्चाउने चितुवालाई प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ । चन्द्रागिरी नगरपालिका–१३ स्थित लामाचौरबाट आइतबार चितुवा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
३ दिनदेखि चितुवाले सो क्षेत्रमा कुकुर खाने र बस्ती पसेर आतंक मच्चाउने गरेको थियो । आइतबार बिहान ७ बजे स्थानीयले चितुवा देखेर प्रहरीलाई खबर गरेका थिए । दिनभर चितुवा, वन कार्यालयका कर्मचारी र प्रहरीको लुकामारी भएको थियो । करिब दुई घण्टाको प्रयासपछि बेहोस बनाएर चितुवालाई नियन्त्रणमा लिइएको प्रहरी वृत्त थानकोटका एकजना प्रहरी अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
दाउराको खापमुनि लुकेको चितुवालाई सुरक्षाकर्मी र वन कार्यालयको टोलीले जालीको सहायताले पक्राउ गरेका हुन् । सो चितुवालाई जावलाखेलस्थित चिडियाखानामा पठाइएको जिल्ला वन कार्यालय काठमाडौंले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण