गठबन्धनका उम्मेदवारलाई भोट माग्दै देश दौडाहमा सांस्कृतिक संघ
नेपाली कांग्रेसको भातृ संस्था नेपाल सांस्कृतिक संघ अहिले देश दौडाहमा रहेको छ । नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई चुनावी प्रचारप्रसारमा सघाउने र जिताउने उदेस्यले विभिन्न सांस्कृतिक कार्यक्रमसहित संघले गत १८ गतेबाट देश दौडाहा अभियान सुरु गरेको हो ।
नेपाल सांस्कृतिक संघ केन्द्रीय कार्यसमितिको संयोजनमा नवलपरासीबाट सुरु गरेको संघले देश दौडाह कार्यक्रम चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, नवलपरासी, बर्दिया, स्याङ्जा, पाल्पा,अर्घाखाची,कास्की, चितवन लगायत कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम गरेर गठबन्धनका उम्मेदवारलाई भोट मागेका छन् ।
प्रचारमुलक, सन्देशमुलक विभिन्न गीत, नृत्य र कमेडीले भरिएको कार्यक्रम सहित विभिन्न स्थानमा पुगेको संस्कृतिक संघको टोलीमा कलाकार कविता गेलाल, गायक मदन थापा, गायिका जालुमाया गुरुङ, हास्यकलाकार शिवशंकर रिजाल लगायत आधा दर्जन कलाकर्मी सहभागी छन् ।
नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाको नेतृत्वमा रहेको सांस्कृतिक टोली पूर्वको झापासम्म पुगेर आफ्नो देश दौडाहा अभियान समापन गर्ने टोलीमा सहभागी कलाकार तथा नेपा सांस्कृतिक संघका महासचिव शिवशंकर रिजाल ‘जोगिन्दर पानवाल’ ले बताए ।

‘संघले हरेक ठाउँमा आफ्नो प्रभावकारी कार्यक्रम गर्दै आएको छ’ रिजालले भने–‘हाम्रो सांस्कृतिक कार्यक्रमले सर्वसाधारणलाई हामी र हाम्रा उम्मेदवार प्रति आकर्षण बढाएको छ ।’ आफ्नो कार्यक्रममा सर्वसाधारणले आफुसँगै नाच्दै र गाउँदै गठबन्धनका उम्मेदवारलाई जिताउने बाचा समेत गर्ने गरेको रिजालले सुनाए ।
रिजालका अनुसार कार्यक्रममा कलाकार कविता गेलालले गठबन्धनको गीतमा आकर्षक नृत्य, जालुमाया गुरुङ र मदन थापाले ठाउँअनुसारका लोकगीत र तीर्थ थापाले कविताबाट दर्शकलाई मनोरञ्जन गराउने गरेका छन् । आफूले भने एमाले लक्षित हास्य र व्यङ्ग्यले भरिएको प्रस्तुति दिने गरेको रिजालले बताए ।
‘हाम्रो कार्यक्रम यति र यो यो ठाउँमा भन्ने छैन’ रिजालले थपे– ‘गठबन्धनका उम्मेदवारका लागि हामी मौन समय सुरु नभएसम्म जतिसक्दो धेरै ठाउँमा गर्ने छौ ।’ मकवानपुर, बारा, सर्लाही, सुनसरी, मोरङ, झापा र धनकुटा पुग्ने अबको लक्ष्य रहेको रिजालले जानकारी दिए ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सहभागी विभिन्न कार्यक्रममा समेत आफ्नो प्रस्तुति राखेको संघले दुवै नेतालाई समेत सांस्कृतिक कार्यक्रममार्फत हँसाउन र नचाउन सफल भएको संघका अध्यक्ष तीर्थ थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
-
च्यासलमा एमाले सांसदलाई नेता र विज्ञहरूको प्रशिक्षण
-
बाल सुधार गृहको अवस्था सुधार गर्न सांसद कर्णको माग
-
विश्वकप इतिहासमा यी हुन् उत्कृष्ट १० फाइनल
-
किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति
-
बाल सुधार गृहको अवस्था दयनीय देखियो : सांसद श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण