ओलीले भने– चुनावपछि गठबन्धन होइन, बलियो शक्ति चाहिएको छ
एमाले अध्यक्ष केपी ओलीले अहिले देशमा विभिन्न स्वार्थी समूहको गठबन्धन रहेको भन्दै चुनावपछि एउटा बलियो शक्ति आवश्यक रहेको बताएका छन् । सिन्धुलीमा सोमबार आयोजित चुनावी सभामा उनले सुदृढ राष्ट्रिय शक्ति चाहिएको बताए । सधैं तानातान र स्वार्थी समूहको अखडा नचाहिएको बताए । ओलीले त्यस्तो शक्ति एमाले रहेको उनको दाबी थियो ।
बालबालिका, छात्रा, वृद्धवृद्धा सबैका लागि एमाले नै चाहिएको उनले दाबी गरे । ‘महिनवारी महिला तथा किशोरीलाई स्यानेटरी प्याड निःशुल्क दिने व्यवस्था हामीले घोषणापत्रमा उल्लेख गरेका छौं,’ उनले भने, ‘यस्तो व्यवस्था कसैले पनि हटाउन सक्दैन ।’ ओलीले मंसिर ४ पछि एमाले सरकार बन्ने दाबी पनि गरे ।
उनले सहिद ऋषिराज देवकोटाको विषयमा प्रकाश पारेका थिए । ऋषिराजका छोरा सुवास देवकोटा सिन्धुली १ (ख) बाट उम्मेदवार बनेका छन् । ओलीले सिन्धुली १ का एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप कटुवाल र सिन्धुली २ का मनोजजंग थापाका लागि भोट मागे । १५ मिनेट बोलेपछि ओली काठमाडौं जान ढिला हुन्छ भन्दै हेलिकप्टर चढेर फर्के ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण