शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुम्लामा ज्ञानेन्द्र शाहीको शक्ति प्रदर्शन

सोमबार, २८ कात्तिक २०७९, २१ : ५०
सोमबार, २८ कात्तिक २०७९

-गोल्डेन बुढा
प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले शक्ति प्रदर्शन गरेका छन् । उनले जिल्लाका विभिन्न स्थानबाट कार्यकर्ता एकत्रित गर्दै चुनावी सभा आयोजना गरेका हुन् ।

गठबन्धनका शीर्ष नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्तिक २२ गते चुनावीसभालाई सम्बोधन गरेकै स्थल शेराज्यूलोमा राप्रपाका उम्मेदवार शाहीले शक्ति प्रदर्शन गरेका हुन् ।

शाहीले चुनावी सभालाई सम्बोधन गर्दै आफ्नो लडाइँ कांग्रेस, माओवादी, एमालेका उम्मेदवारसँग नभएर केन्द्रका नेताहरुसँग रहेको बताए । उनले भने, ‘पार्टी भन्दा पनि जुम्ली हुनुको नाताले मैले भोट पाउने र चुनाव जित्ने अठोट गरेको छु । जुम्ली जनताले चुनाव जिताउने छन् ।’

चुनावी सभामा राप्रपाका समानुपातिक उम्मेदवार मनसुर सुनार, रमानन्द आचार्य लगायतले पनि सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप