जुम्लामा ज्ञानेन्द्र शाहीको शक्ति प्रदर्शन
-गोल्डेन बुढा
प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले शक्ति प्रदर्शन गरेका छन् । उनले जिल्लाका विभिन्न स्थानबाट कार्यकर्ता एकत्रित गर्दै चुनावी सभा आयोजना गरेका हुन् ।
गठबन्धनका शीर्ष नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्तिक २२ गते चुनावीसभालाई सम्बोधन गरेकै स्थल शेराज्यूलोमा राप्रपाका उम्मेदवार शाहीले शक्ति प्रदर्शन गरेका हुन् ।
शाहीले चुनावी सभालाई सम्बोधन गर्दै आफ्नो लडाइँ कांग्रेस, माओवादी, एमालेका उम्मेदवारसँग नभएर केन्द्रका नेताहरुसँग रहेको बताए । उनले भने, ‘पार्टी भन्दा पनि जुम्ली हुनुको नाताले मैले भोट पाउने र चुनाव जित्ने अठोट गरेको छु । जुम्ली जनताले चुनाव जिताउने छन् ।’
चुनावी सभामा राप्रपाका समानुपातिक उम्मेदवार मनसुर सुनार, रमानन्द आचार्य लगायतले पनि सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण