पाल्पामा आजदेखि मदिरा बिक्रीमा प्रतिबन्ध
मङ्गलबार, २९ कात्तिक २०७९, ०७ : ५४
पाल्पामा आजदेखि मदिरामा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै आजदेखि निर्वाचनको मतगणना सम्पन्न नहुँदासम्म मदिराजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मदिरामा रोक लगाइएको हो ।
निर्देशनको अवज्ञा गरी कुनै पनि प्रकारको मदिरा बिक्री, ओसारपसार र सेवन गर्नेलाई कानुनबमोजिमको कडा कारबाही हुने चेतावनी दिइएको छ । प्रशासनले अत्यावश्यकसहितको सेवा मंसिर १ गते देखि ५ गतेसम्म स्थगित गरेको छ । कर्मचारी मतदानस्थलमा खटिएकाले शान्ति सुरक्षा, मुद्दा, ठाडो उजुरी र अत्यावश्यकबाहेकका सेवा स्थगित हुने पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण