पाल्पामा आजदेखि मदिरा बिक्रीमा प्रतिबन्ध
मङ्गलबार, २९ कात्तिक २०७९, ०७ : ५४

पाल्पामा आजदेखि मदिरामा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै आजदेखि निर्वाचनको मतगणना सम्पन्न नहुँदासम्म मदिराजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मदिरामा रोक लगाइएको हो ।
निर्देशनको अवज्ञा गरी कुनै पनि प्रकारको मदिरा बिक्री, ओसारपसार र सेवन गर्नेलाई कानुनबमोजिमको कडा कारबाही हुने चेतावनी दिइएको छ । प्रशासनले अत्यावश्यकसहितको सेवा मंसिर १ गते देखि ५ गतेसम्म स्थगित गरेको छ । कर्मचारी मतदानस्थलमा खटिएकाले शान्ति सुरक्षा, मुद्दा, ठाडो उजुरी र अत्यावश्यकबाहेकका सेवा स्थगित हुने पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता