भोट किनेर सांसद बन्न सकिँदैन : रावल
नेकपा माओवादी केन्द्रबाट रुकुम पूर्वको प्रदेश सभा २ बाट बागी उम्मेदवारी दिएका केशव रावलले भोट किनेर सांसद बन्न नसकिने बताएका छन् । रातोपाटीसँगको कुराकानीमा रावलले नेपाली भोट किनेर सांसद बन्न नसकिने बताएका हुन् ।
सत्ता गठबन्धनबाट रुकुम पूर्वको प्रतिनिधि सभामा पूर्णबहादुर घर्ती प्रदेश सभा १ बाट माओवादीका तेजबहादुर ओली र प्रदेश सभा २ बाट नेपाली कांग्रेसका धनबहादुर केसी (डिबी) उम्मेदवार छन् । सत्ता गठबन्धनबाट रावलले बागी उम्मेदवारी दिएपछि उनलाई माओवादीले कारबाही गरी सकेको छ । अखिल क्रान्तिकारीका उपाध्यक्ष समेत भएका रावलले नेता किनेर टिकट लिने र भोट किनेर सांसद बन्नेले चुनाव नजित्ने ठोकुवा गरे ।
‘म सजिलै चुनाव जित्छु । यस क्षेत्रको जनमत र जनभावना माओवादी केन्द्रित छ । म आफै माओवादी पृष्ठभूमि हुनुको नाताले यहाँका जनता सकारात्मक छन्’ रातोपाटीसँग कुरा गर्दै रावलले भने, ‘अहिले यस क्षेत्रबाट गठबन्धनबाट कांग्रेसका डिबी जी उम्मेदवार हुनुहुन्छ ।’ राजनीतिक चरित्र नभएकाले जनताप्रति आकर्षण नहुनु स्वाभाविकै भएको रावलले बताए । ‘मैले राजनीतिको र पनि बुझेको छैन भनेर आफै स्वीकार गर्नुहुन्छ । उहाँ नेतालाई किनेर टिकट लिने भोट किनेर सांसद हुन खोज्नु भएको छ । कदापि हुन दिइँदैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा शाहीले भने– नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियो
-
सांसदहरूद्वारा कर्णालीमा दुर्घटना रोक्ने योजनाका लागि सरकारलाई रुलिङ गर्न माग
-
हालान्ड इंग्ल्यान्डका लागि सबैभन्दा ठुलो खतरा
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
-
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण