बसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान-श्रीमतीको मृत्यु
मङ्गलबार, २९ कात्तिक २०७९, १९ : २०
झापामा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । मंगलबार दिउँसो कन्काई नगरपालिका वडा नम्बर ७ स्थित दुर्गापुरमा को १ ख ६७९४ नम्बरको बसले मे ७ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने नरेन्द्र मैनाली र पछाडी सवार उनकै श्रीमती सीतादेवी मैनालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते अवस्थामा उनीहरुलाई अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले बस चालक मोरङ सुन्दरहरैचाका भुपाल देवानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण