शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

माओवादी अध्यक्ष प्रचण्ड बुधबार प्रदेश १ आउँदै, आधा दर्जन कार्यक्रमलाई सम्बोधन गर्ने

मङ्गलबार, २९ कात्तिक २०७९, २० : ५१
मङ्गलबार, २९ कात्तिक २०७९

प्रदेश १ मा आफ्ना पार्टीको तर्फबाट उम्मेदवार रहेका विभिन्न क्षेत्रमा आयोजित सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड बुधबार आउने भएका छन् । माओवादी केन्द्र प्रदेश १ ले दिएको जानकारी अनुसार अध्यक्ष प्रचण्ड सुनसरी, मोरङ, भोजपुर, खोटाङ र ताप्लेजुङका चुनावी सभामा सहभागी हुनेछन् । 

प्रचण्ड र नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशरण महतसहितका नेताहरु बिहान ११ बजे मोरङको गछियामा हुने चुनाबीसभामा सहभागी हुनेछन् । ११ बजे हुने सभास्थान मोरङ क्षेत्र नं. ६ हो । सो क्षेत्रमा नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला प्रतिनिधिसभामा र माओवादी नेता जीवन आचार्य प्रदेशसभामा उम्मेदवार छन् । आचार्य प्रचण्डका ज्वाइँ हुन् । 

गछियाको सभापछि प्रचण्डको टोली १२ः३० बजे धरानको भानुचौकमा हुने गठबन्धनको सभामा सहभागी हुनेछ । सुनसरीको क्षेत्र नम्बर १ मा गठबन्धनबाट माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो उम्मेदवार छन् ।
प्रचण्डसहितका नेताहरु २ बजे ताप्लेजुङमा आयोजित सभामा सहभागी हुनेछन् । ताप्लेजुङमा गठबन्धनबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री उम्मेदवार छन् । ताप्लेजुङपछि ३ बजे भोजपुरको पौवादुम्मा गाउँपालिकाको तिवारी भञ्ज्याङमा आयोजित सभामा प्रचण्ड सहभागी हुने कार्यक्रम छ । भोजपुरमा माओवादी केन्द्रका नेता सुदन किराती गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार छन् ।

भोजपुरपछि प्रचण्डको टोली ४ बजे खोटाङको दिक्तेल पुग्नेछ । खोटाङमा प्रतिनिधिसभामा माओवादी केन्द्रका रामकुमार राई उम्मेदवार छन् । चुनावी अभियानको क्रममा प्रचण्ड पहिलो पटक प्रदेश १ आउन लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप