पत्रकार सुत्केरी हुँदा २५ हजार सहयोग दिने निर्णय
नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार महिलालाई सुत्केरी हुँदा रु २५ हजार शल्यक्रिया खर्च उपलब्ध गराउने भएको छ । महासङ्घको हालै सम्पन्न साधारणसभाले सुत्केरी, बिरामी र मृत्यु संस्कारमा सहयोग दिने निर्णय गरेको शाखाका अध्यक्ष एकराज गिरीले बताए ।
उनका अनुसार महिला पत्रकार सुत्केरी हुँदा शल्यक्रिया गर्नुपरेमा रु २५ हजार दिने निर्णय गरेको छ भने महासङ्घका सदस्य बिरामी तथा घाइते हुँदा रु ३० हजार उपचार सहयोग दिइने भएको छ । पत्रकारको मृत्यु हुँदा आश्रित परिवारलाई रु ५० हजार उपलब्ध गराइनेसमेत उनले जानकारी दिए ।
नेपाल पत्रकार महासङ्घ झापाले पत्रकारको सामाजिक सुरक्षाका लागि रु एक करोडको पत्रकार उपचार कोष स्थापना गरेको छ । सो कोषमा दाताबाट सहयोग उठाएर हाल रु ६४ लाख जम्मा भइसकेको छ । कोषको ब्याजबाट पत्रकार बिरामी तथा घाइते भएको अवस्थामा उपचार खर्च यस अघिदेखि नै उपलब्ध गराउन थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण