जनताको मन जितेकी छु, जित निश्चित छ : खुश्बु ओली
झापा ४ की स्वतन्त्र उम्मेदवार खुस्बु ओलीले जनताले यस पटक स्वतन्त्र उम्मेदवारलाई जिताउनेमा आफू विश्वस्त भएको बताएकी छन् । क्रस खुकुरी चिन्ह लिएर चुनावी मैदानमा उत्रिएकी उनले जनताले यस पटक भने उही उम्मेदवार नदोहारउने मनोभावना बनाएको बताइन ।
‘झापाका जनताहरुले यसपटक पुरानै व्यक्तिलाई दोहोर्याउँदैनन् भन्ने कुराको विश्वास छ । झापा ४ का उम्मेदवारहरूले स्वतन्त्रलाई जिताउँछन् भन्ने कुरामा विश्वस्त छु,’ ओलीले भनिन् । झापामा सत्ता गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गठबन्धन छ । ‘झापा ४ मा स्वतन्त्रले जित्ने माहौल बनेको छ । दलहरूले हालसम्म गरेको कार्यले मतदाताहरू आजित भएका छन् । त्यसैले अहिले उहाँहरूले मलाई जिताउने प्रण गर्नु भएको छ,’ ओलीले भनिन् ।
झापा ४ मा झापा गाउँपालिका, कनकाई नगरपालिका, शिव सतासी नगरपालिका र गौरीगञ्जमा एक र दुई नम्बर वडा मुख्य क्षेत्र हुन् । यस क्षेत्रमा विशेष गरेर मुस्लिम बस्तिहरु धेरै छन् । यसअघि २०७४ सालमा भएको चुनावमा झापा ४ बाट एमालेका लाल प्रसाद साँवा लिम्बुले ४३ हजार ५१५ मत ल्याएर चुनाव जितेका थिए । उक्त चुनावमा नेपाली कांग्रेसका देउकुमार थेवे २६ हजार ८२२ मत ल्याएर दोस्रो भएका थिए ।
अहिले झापा चारमा दुई गठबन्धन छन् । त्यसमा २०७४ सालमा उठेका उम्मेदवारहरू पुन उठेका छन् । ओलीले घरदैलो अभियानबाट नै आफूले मतदाताको मन जितेको हुनाले सहज भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण