निर्वाचनको सुरक्षाका लागि जुम्लामा १ हजार ९ सय ५४ सुरक्षाकर्मी परिचालन
यही मंसिर ४ गते हुने आम निर्वाचनको तयारी पुरा भएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार निर्वाचनको सुरक्षाका लागि जिल्लामा १ हजार ९ सय ५४ जना सुरक्षाकर्मीहरू खटिएका छन् ।
जुम्लामा १ सय ६ मतदान केन्द्र स्थायी र दुई अस्थायी गरी १ सय ८ मतदान केन्द्र र ८६ मतदान स्थल रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमीला रिजालले बताइन् । उनका अनुसार जिल्लामा कर्मचारीका लागि कारागारका कैदी बन्दीका लागि एक एक मतदान केन्द्रको स्थापना गरिएको छ । कर्मचारी र कारागारमा रहेका कैदी बन्दीले सामानुपातीक तर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था छ ।
जुम्लाको सुरक्षा निकायले पार्टीका कार्यकर्ताहरूको झडप, आपराधिक समूहको गतिविधि, अवैध हातहतियारलाई चुनौतीका रूपमा लिएको छ । निर्वाचनको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मीमा ८ सय ४३ म्यादी प्रहरी , २ सय २६ नेपाल प्रहरी ,४ सय ५० नेपाली सेना , र २ सय ३५ सशस्त्र प्रहरी रहेका छन् । बिहीबारसम्म मतदान केन्द्रमा कर्मचारी पुग्नुपर्नेछ । त्यस्तै जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार सबै मतदान स्थलहरूमा सुरक्षाकर्मीहरू बिहीबार पुग्ने बताए । त्यस्तै निर्वाचनको लागि ८ सय ४८ कर्मचारीहरू खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा शाहीले भने– नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियो
-
सांसदहरूद्वारा कर्णालीमा दुर्घटना रोक्ने योजनाका लागि सरकारलाई रुलिङ गर्न माग
-
हालान्ड इंग्ल्यान्डका लागि सबैभन्दा ठुलो खतरा
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
-
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण