जनताको सहभागितामा रुकुमको आर्थिक सम्बृद्धि : जनार्दन शर्मा
अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले जनताको सहभागितामा रुकुमलाई आर्थिक सम्बृद्धिको बाटोमा अघि बढाइने बताएका छन् । बिहीबार रुकुम पश्चिमको चौरजहारीमा आयोजित चुनावी सभामा बोल्दै शर्माले जनतालाई उत्पादनमा लगाउने र कृषिमा आधारित उद्योग स्थापना गरेर आर्थिक सम्बृद्धि र गरिबी अन्त्य गरिने बताए ।
उनले यसअघि दलहरूकै सहमतीमा रुकुम एकीकृत विकास मोडेल तयार भएर समाजवादको यात्रा तय भएको र अबको लक्ष्य आर्थिक सम्बृद्धि नै भएको बताए । साथै उनले रुकुममा अब विकास पार्टी बनाउने प्रस्ताव समेत अघि सारेका छन् ।
‘यो दल, उ दल भन्दापनि अहिले हामी गठबन्धनमा छौँ, अब विकास पार्टी बनाउ र त्यसको नेतृत्व गोपाल जीजंग दाइले गर्नुपर्छ,’उनले भने,‘ अब यहाँ बाटो, पानीको मुहान खन्ने ठाउँमा विवाद हुने छैन, सामाजिक सांस्कृतिक अभियानले सामाजिक मेलमिलापको भूमिका निर्वाह गर्ने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नदीमा भेटिए दुई शव, साङ्गेतडा घटनाको हुनसक्ने आशङ्का
-
रास्वपामा ३३ प्रतिशत महिला र युवाको प्रतिनिधित्व सुनिश्चित
-
लुम्बिनी प्रदेश सभामा बजेटमाथि समूहगत छलफल, चार मन्त्रालयको शीर्षकमाथि बहस सकियो
-
सरकारको १०० दिन ‘अवसर गुमेको दिन’ : नेविसंघ
-
‘फिफाले जुलाईमा अप्रिल फुल मनायो’
-
रास्वपामा दुई कार्यकालको व्यवस्था : बदमासी गरे को–को हुनेछन् फिर्ता ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण