मलाई फसाइयो, जनतासमक्ष न्याय माग्न आएको छु-गच्छदार
नेपाली कांग्रेससहितको गठबन्धनबाट सुनसरी क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदारले आफूलाई ललिता निवास जग्गा प्रकरणमा फसाइएको बताएका छन् ।
इटहरीमा बिहीबार आयोजित चुनावी ¥यालीपछिको सम्बोधनका क्रममा गच्छदारले आफूलाई फसाइएको र जनताको मतले न्याय दिने बताएका हुन् । ‘मेरो राजनीतिक इतिहासलाई मेटाउने षड्यन्त्रले ममाथि ओली नेतृत्वको एमाले सरकारले प्रतिशोध साँध्यो,’ गच्छदारले भने, ‘जहिल्यै चुनाव जित्ने र कहिल्यै नहार्ने भएकाले आगामी समयमा हुने निर्वाचनमा मैले फेरिपनि जित्छु भनेर फसाइयो ।’ चुनाव लड्न वञ्चित बनाउनका निम्ति आफूलाई ओली नेतृत्वको एमाले सरकारले फसाइएको उनले बताए ।
‘मेरो त्यहाँ कुनै पनि संलग्नता छैन, मलाई यसपटक पनि जनताले चुनाव जिताएर पठाउनुहुनेछ,’ उनले भने, ‘मलाई विश्वास छ, मलाई ललिता निवास जग्गा प्रकरणमा अदालले सफाई दिन्छ, इन्साफ दिन्छ ।’ उनले आफू जनतासमक्ष न्याय माग्न आएको बताए । उनले फरक प्रसंगमा अहिलेको गठबन्धन राजनीतिक स्थायित्वका निम्ति बनेको बताए । देशमा राजनीतिक स्थिरता आउन नसकेकाले गठबन्धन कायम रहने तर्क गरे ।
आगामी ४ मंसिरमा हुने निर्वाचनमा सुनसरी ३ मा सत्ता गठबन्धनको तर्फबाट गच्छदार चुनावी मैदानमा छन् । नेकपा एमालेको तर्फबाट भगवती चौधरी प्रतिस्पर्धामा रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण