डीएभी कलेजद्वारा दीक्षान्त समारोह सम्पन्न
डीएभी कलेज अफ म्यानेजमेन्ट ललितपुरले बीबीए र बीबीएस विद्यार्थीहरु लक्षित दीक्षान्त समारोह भव्यरुपमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम सोल्टी होटल काठमाडौँमा सम्पन्न भएको हो । कलेजद्वारा सम्प्रेषित विज्ञप्ति अनुसार बीबीएका चौधौँ ब्याच र बीबीएस का पन्ध्रौँ व्याचका विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो ।
दीक्षान्त समारोह शिक्षा क्षेत्र र कर्पोरेट क्षेत्रका लब्ध—प्रतिष्ठित व्यक्तित्वहरुको समुपस्थितिमा आयोजना गरिएको थियो ।
समारोहमा उपस्थित विद्यार्थीहरुलाई कलेजका अध्यक्ष अनिल केडिया, डीन व्यवस्थापन शंकाय त्रि।विका प्रा.डा. डिल्ली राज शर्मा, महालक्ष्मी विकास बैंकका सीईओ बोधिराज शर्मा, एसोसियट प्रा.डा. मनोज कुमार चौधरीलगायतले उच्च सफलताको शुभकामना दिए । उक्त दीक्षान्त समारोहमा अधिकांश सहभागिहरुले अध्ययनको दौरानमा आर्जन गरेको स्प्रिटलाई कार्यक्षेत्रमा अवलम्बन गर्न प्रेरित समेत गरे ।
सहभागिहरुले डीएभी कलेज ज्ञान र संस्कारको संयोजनको आधारमा स्थापित रहेको र नवीनतम् प्रविधिलाई समेत उत्कृष्ट ढङ्गबाट प्रयोग हुने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण