टिजरमा यस्तो देखियो आर्यनको ‘डिसेम्बर फल्स’
१५ पुषबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिसेम्बर फल्स’ को टिजर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार प्रसारलाई व्यापकता दिन निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो । लभ, एक्सन, सस्पेन्स र थ्रिलर समेटिएको १ मिनेट १५ सेकेन्डको टिजरमा अभिनेता आर्यन सिग्देलको साउथ शैलीको एक्सनका झलक छन् । उनको रोमान्टिक मुड समेत देख्न सकिन्छ ।
टिजरमा अभिनेत्री उपासनासिंह ठकुरी नर्सको भूमिकामा छिन् । एक्सन र लभस्टोरी फिल्मका पारुखीलाई ‘डिसेम्बर फल्स’ ले आकर्षित गर्न सक्छ । प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’, ‘धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ फिल्म हो ।
फिल्ममा आर्यन र उपासनाको अलवा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतको अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’ को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासमा यी हुन् उत्कृष्ट १० फाइनल
-
किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति
-
बाल सुधार गृहको अवस्था दयनीय देखियो : सांसद श्रेष्ठ
-
सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा
-
बाल सुधार गृहलाई सुधार र पुनःस्थापना केन्द्रका रूपमा विकास गर्छौँ : मन्त्री वादी
-
आठ स्थानको सडक पूर्ण अवरुद्ध, २१ जिल्लामा गाडी चलाउन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण