तीनजुरे मिल्के जलजले पर्यटकले भरिभराउ
तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका होटल भरिभराउ आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । सो क्षेत्रलाई पर्यटन मन्त्रालयले पर्यटकीय नयाँ गन्तव्यको सूचीमा समावेश गरेको छ । आसन्न निर्वाचनमा तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङबाट उठेका उम्मेदवारले समेत टिएमजे क्षेत्रको विकासको एजेन्डा समेत बनाएका छन् चाडपर्व सकिएसँगैै यस क्षेत्रमा पर्यटक बढ्न थालेका हुन् ।
वसन्तपुरदेखि सुरु हुँदै आरआर गार्डेन, तिनजुरे, चौकी बजार, मङ्गलबारे, गुफा पोखरी हुँदै तिनजुरे–मिल्के–जलजले क्षेत्रमा यो बेला घुइँचो नै लाग्ने गरेको छ । उक्त क्षेत्रमा गुराँस फुल्ने सिजन र हिउँ परेका बेला मात्र आउने पर्यटक यतिबेला कात्तिकको सातादेखि नै दैनिक तीन हजारभन्दा बढी पर्यटक आइरहेको स्थानीय योगेन्द्रबहादुर सुवेदीले बताए । पाथीभरा मन्दिरको दर्शन गर्ने र वनभोजमा बढी आउने गरेको उनको भनाइ छ ।
पर्यटकको बाक्लो आगमनले होटल व्यवसायी उत्साहित बनेका छन् । नेपाल पर्यटन बोर्डले पर्यटकीय पूर्वाधार निर्माण तीव्रता दिएसँगै आगन्तुक बढिरहेको जिल्ला समन्वय समितिका उपप्रमुख श्री कार्कीले बताए । उनी भन्छन्, “वसन्तपुरदेखि गुफासम्मका होटल खाली छैनन् । पर्यटनको भविष्य देखेर वसन्तपुरदेखि गुफासम्मको आसपासका क्षेत्रमा जिल्ला बाहिरका नागरिकले समेत होटल, लज तथा रिसोर्ट सञ्चालनका लागि महँगो मूल्यमा जग्गा किनिरहेका छन् ।” पदयात्राको आनन्द र हिमशृङखलाको दृश्यावलोकन गर्न यस क्षेत्रमा पर्यटक आउने ग्याल्जे शेर्पाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण