भोजपुरमा २३ सय बढी सुरक्षाकर्मी परिचालन
आसन्न मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा दुई हजार तीन सय बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् । जिल्लामा ८७ मतदानस्थल र दुई अस्थायीसहित एक सय ५७ वटा मतदान केन्द्र कायम गरिएका छन् ।
ती सबै मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । जिल्लामा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षा व्यवस्था मिलाइएको सुरक्षा निकायले जनाएका छन् । जिल्लामा आठ सय ६० जना म्यादी प्रहरी, पाँच सय ३० नेपाल प्रहरी, दुई सय १५ सशस्त्र प्रहरी र करिब सात सय बराबर नेपाली सेना परिचालन गरिएको जनाइएको छ ।
जिल्लामा ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको ‘रिजर्भ फोर्सको’समेत व्यवस्था गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउने आवश्यक सुरक्षा प्रबन्ध मिलाइ सकिएको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले बताए । उनले सबै मतदान केन्द्रमा मतदान अधिकृतसहितको टोली पुगिसकेको बताए । निर्वाचनका लागि जिल्लामा एक सय ५७ जना मतदान अधिकृत, एक सय ५७ जना सहायक मतदान अधिकृत र अन्य सहायक कर्मचारी गरी एक हजार दुई सय ४६ जना कर्मचारी परिचालन गरिएको छ ।
जिल्लामा प्रतिनिधिसभातर्फ १२ जना, प्रदेश (१)० मा सात जना र प्रदेश (२) मा छ जना गरी २५ जनाको उम्मेदवारी छ । भोजपुरमा ६४ हजार एक सय २५ पुरुष, ५९ हजार दुई सय ५३ जना महिला र एक जना अन्य गरी कुल एक लाख २३ हजार तीनसय ७९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख तोपलाल भुसालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण