अब ठुलाहरुको पनि भण्डाफोर गरौं : रञ्जु दर्शना
काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले मौन समयका बेला पैसाको चलखेल हुन्छ भन्ने सत्य सावित भएको बताएकी छन् । शुक्रबार राती सामाजिक सञ्जालमार्फत उनले जागरुक भएर यस्ता कुकृत्यको भण्डाफोर गर्ने सचेत नागरिकलाई उनले धन्यवाद समेत दिएकी छन् । उनले ठुला नेताहरूप्रति संकेत गर्दै उनीहरूको पनि भण्डाफोर गर्न जरुरी रहेको बताएकी छन् ।
उनले लेखेकी छन्– ‘मौन समयको बेला मनी (पैसा) को ‘चलखेल’ हुन्छ भन्ने कथा सत्य साबित भयो। जागरूक भएर यस्तो कुकृत्यको भन्डाफोर गर्नु हुने सचेत नागरिकलाई मेरो धन्यवाद। अन्य ठुलाहरूको पनि यस्तै कुकृत्यको भन्डाफोर हुनुपर्छ।’
शुक्रबार साँझ सोही क्षेत्रमा मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले एमालेका तर्फबाट काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलासहितका कार्यकर्तालाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण