उर्लाबारीमा दुई समूहबीच झडप, एक जना युवा गम्भीर
मोरङको उर्लाबारीमा शुक्रबार साँझ दुई समूहबीच झडप भएको छ । झडपमा एक जना युवा गम्भीर घाइते भएका छन् भने २ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उर्लाबारी–६ स्थित तरल क्याफेअगाडिको बार्दलीमा उर्लाबारी–४ आइतबारेका कुमार लिम्बूको समूह र उर्लाबारी—६ का रजत थापा (मिथुन) समूहबीच झडप भएको मोरङ प्रहरीले जनाएको छ । कुमार लिम्बू नेकपा एमाले उर्लाबारीका नगर उपाध्यक्ष हुन् ।
मोरङ प्रहरीका एसपी शान्तिराज कोइरालाको अनुसार थापाको समूहले आक्रमण गर्दा उर्लाबारी—४ का गौतम तामाङको अवस्था गम्भीर छ । उनको बिर्तामोड स्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै, उर्लाबारी–७ का नितम चौहान र उर्लाबारी–८ का मिलन श्रेष्ठ पनि घाइतेको भएको एसपी कोइरालाले जानकारी दिए । उनीहरूको अवस्था सामान्य छ ।
थापा,चौहान र श्रेष्ठ बसिरहेको समयमा लिम्बूको समूह आएर उनीहरूमाथि धारिलो हतियारले आक्रमण गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नको भएको आरोपमा प्रहरीले एमाले उर्लाबारीका नगर उपाध्यक्ष कुमार लिम्बूसहित उर्लाबारी–५ का आशंक लिम्बु र उर्लाबारी–६ का रजत थापालाई पक्राउ गरेको छ । पुराना रिसिइबीलाई लिएर लिम्बूको समूहले थापालाई आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण