शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दुर्घटनामा परी एक जनाको मृत्यु

आइतबार, ०४ मङ्सिर २०७९, १६ : १३
आइतबार, ०४ मङ्सिर २०७९

निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाको सवारी र मोटरसाइकल एक आपसमा ठोक्किँदा झापामा आइतबार एक जना व्यक्तिको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक जवेगूका अनुसार आज बिहान शिवसताक्षी नगरपालिका-११ स्थित सतासी खोलाको पुलमा नेपाली सेनाले चलाएको बा १ झ १०११ नम्बरको सवारी र प्रदेश १-०१-०१२ प ३८५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइलमा सवार व्यक्तिको मृत्यु भएको हो । 

मृत्यु हुनेमा महाभारा ३ निवासी २८ वर्षीय होमबहादुर खत्री छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार खत्री नेपाली सेनाले चलाएको सवारीमा ठोक्किँदा गम्भीर घाइते भएको र उपचारका क्रममा मेची अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक जवेगूले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप