इलाममा एकसय १५ वर्षीय वृद्धद्वारा मतदान
इलाममा एक सय १५ वर्षीय वृद्धले मतदान गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा फाकफोकथुम गाउँपालिका–७ सिकारी भञ्ज्याङका मनबहादुर राईले मतदान गरेका हुन् ।
फाकफोकथुम–७ स्थित सिंहदेवी मावि केन्द्रमा उनले मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । उनको नागरिकतामा जन्ममिति विसं १९६४ लेखिएको छ । तत्कालीन एकतप्पा गाउँ पञ्चायत–५ मा उनको जन्म भएको हो ।
यस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा इलाममा किरियापुत्रीले पनि मतदान गरेका छन् । सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकामा किरियापुत्रीले मतदान गरेका हुन् । सन्दकपुर–३ को युवा आधारभूत विद्यालयबाट जनार्दन उप्रेती, बालकृष्ण उप्रेतीलगायत १० किरियापुत्रीले मतदान गरेका हुन् । उनीहरूका बुबा देउताराम उप्रेतीको तीन दिनअघि निधन भएको थियो ।
इलाम नगरपालिका–५, बरबोटेका किरियापुत्री तुलसी बराल र उनकी धर्मपत्नी तारा बरालले समेत स्थानीय गुरुकुल विद्यालय केन्द्रबाट मतदान गरेका छन् । तुलसीका बुबा गायत्री बरालको चार दिनअघि निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण