शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ओखलढुंगामा प्रदेश सभातर्फको मतगणना पहिला

सोमबार, ०५ मङ्सिर २०७९, १५ : ५५
सोमबार, ०५ मङ्सिर २०७९

ओखलढुंगामा सुरुमा प्रदेश सभा सदस्य तर्फको मत गणना हुने भएको छ । प्रदेश क र ख को मत गणना अपराह्न चार बजेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभातर्फको मत गणनामा सहमति जुट्न सकेको छैन । लिखु ८ र मोलुङ–४ गाउपालिकाका मत पेटिका अदलबदल भएपछि लफडा भएकाले प्रतिनिधि सभा तर्फको मत गणनामा ढिलाइ भएको हो । ओखलढुंगामा कांग्रेसका रामहरी खतिवडा र एमालेका यज्ञराज सुनुवारबीच प्रतिष्पर्धा हुने ठानिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप