खोटाङमा मतगणना सुरु हुँदै
एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको खोटाङमा आज राति ९ बजेपछि मतगणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ । प्रतिनिधिसभाको एक ठाउँ र प्रदेशसभाको छुट्टाछुट्टै एक/एक ठाउँ गरी एकैसाथ तीन ठाउँमा मतगणना गर्ने सर्वदलीय सहमति भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा बसेको सर्वदलीय बैठकको निणर्यानुसार एक उम्मेदवारको एकजना मात्र प्रतिनिधि रहन पाउने व्यवस्था गरिएको छ भने पाँच सय मतगणना गरेपछि मात्र जानकारी दिने निर्णय भएको छ । यस्तै, मतगणनालाई मर्यादित तथा शान्तिपूर्ण तवरमा सम्पन्न गर्न मादक पदार्थ सेवनमा रोक लगाइएको छ भने उम्मेदवारका प्रतिनिधि तथा पत्रकारलाई प्रवेश अनुमतिपत्र दिने व्यवस्था मिलाइएको छ ।
एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा ६७ हजार तीन सय ७३ मत अर्थात् ४७ दशमलव १८ प्रतिशतमात्र मत खसेको मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण