ओखलढुंगाका तीनवटै स्थानमा गठबन्धनका उम्मेदवारको अग्रता
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०८ : २४
ओखलढुंगाको जारी मत गणनामा प्रतिनिधिसभा र प्रदेश दुवैमा गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् । मंगलबार बिहान ८ बजेको मत परिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका रामहरि खतिवडाले ३७५८ मतसहित अग्रस्थानमा छन् भने एमालेका यज्ञराज सुनुवार ३०२६ मतले पछ्याउँदैछन् ।
त्यस्तै प्रदेशतर्फ ‘क’ मा कांग्रेसका प्रदीप सुनुवार ६३६३ मतसहित अग्रस्थानमा हुँदा एमालेका अम्बिरबाबु गुरुङ ४९०२ मतले पछ्याइरहेका छन् । गुरुङभन्दा सुनुवार १४६१ मतले अगाडि छन् । त्यस्तै प्रदेश ख मा पनि माओवादीका बाबुराम गौतम अगाडि छन् । गौतम ४७८९ मतसहित अग्रस्थानमा हुँदा एमालेका ज्ञानबहादुर खड्का ४७८१ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण