ओखलढुंगामा प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन उम्मेदवारलाई अग्रता (कसको कति ?)
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा ओखलढुंगा जिल्लामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा ओखलढुंगाबाट गठबन्धन उम्मेदवार अगाडि देखिएका हुन् ।
प्रतिनिधिसभाको लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका उम्मेदवार रामहरि खतिवडाले अग्रता लिएका छन् । उनले नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारको भन्दा ७२२ मत बढी ल्याएका छन् ।
निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार खतिवडाले ४ हजार ३ सय ९४ मत ल्याएका छन् भने सुनुवारको ३ हजार ६ सय ७२ मत छ । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी ८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
यस्तै, २ निर्वाचन क्षेत्र रहेको प्रदेशसभातर्फ पनि गठबन्धनकै उम्मेदवार अगाडि रहेका छन् । आयोगले दिएको पछिल्लो जानकारीअनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका नेता प्रदीप सुनुवारले अग्रता लिएका छन् । सुनुवारले ७ हजार ७ सय ६८ मत पाएका छन् । उनलाई एमाले उम्मेदवार अम्बिरबाबु गुरुङले पछ्याइरहेका छन् । गुरुङले ६ हजार १ ६० मतसहित पछ्याइरहेका छन् ।
यस्तै, प्रदेश २ बाट गठबन्धनको तर्फबाट माओवादी नेता बाबुराम गौतम उम्मेदवार बनेका छन् । गौतमले ५ हजार ६ सय २८ मत पाएका छन् । गौतमलाई पछ्याइरहेका एमाले उम्मेदवार ज्ञानबहादुर खड्काले ५ हजार ४ सय ४३ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण