सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच :लेम अल–दौसारी, साउदी अरेबिया

मङ्गलबार, ०६ मङ्सिर २०७९, १० : २९
मङ्गलबार, ०६ मङ्सिर २०७९

पोजिसन : विंगर
उमेरः ३०

सन् २०११ मा साउदी अरेबिया राष्ट्रिय टोलीबाट खेल्न थालेका अल–दौसारी दाउदी अरेवियका लागि उत्कृष्ट खेलाडीको सूचीमा छन् । उनले राष्ट्रिय टोलीका लागि ७१ खेल खेल्दै १७ गोल गरेका छन् । 

स्पेनिस ला लिगा क्लब भिल्लारियलबाट व्यावसायीक फुटबल खेलिरहेका उनले अहिले विश्वकपमा आफ्नो टोलीलाई उत्कृष्ट लयमा ल्याउने योजना बनाएका छन् । गत सिजन साउदी लिगमा उनले २१ खेलमा १४ गोल गरेका थिए । उनको पाँच असिस्ट पनि थियो ।

उनी विभिन्न भूमिकामा फिट हुने भएकाले पनि साउदी अरेबियाले उनलाई टिममा समावेश गरेको हो । उनले साउदी अरेबियाका लागि विश्वकपमा समूह चरणका सबै खेलहरू खेलेका थिए । इजिप्टविरुद्ध समूह–चरणको अन्तिम खेलमा उनले गोल गरेका थिए ।  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप