आजैदेखि संसदीय दलको निर्वाचनको तयारीमा लाग्छु : गगन थापा
मङ्गलबार, ०६ मङ्सिर २०७९, १२ : २८

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं– ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगन थापाले आजैदेखि संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । मंगलबार बिहान निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै थापाले मतदाताले व्यक्त गरेको मनको कुरा पुरा गर्ने बताए ।
‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ,’ उनी भन्छन् ।
उनले अहिले जनताले नेपाललाई हाक्ने नयाँ चालक खोजेको भन्दै त्यो चालक कांग्रेसभित्रै भएको उनको भनाइ छ । ‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासको अन्त्य : के थियो फुकुयामाको विचार ?
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
एसियाली राजमार्गको काम सुस्त
-
एसइईमा मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो
-
आईपीएल क्रिकेट : कोहली र साल्टको अर्धशतकमा बेंगलुरुको विजयी सुरुवात