आजैदेखि संसदीय दलको निर्वाचनको तयारीमा लाग्छु : गगन थापा
मङ्गलबार, ०६ मङ्सिर २०७९, १२ : २८
नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं– ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगन थापाले आजैदेखि संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । मंगलबार बिहान निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै थापाले मतदाताले व्यक्त गरेको मनको कुरा पुरा गर्ने बताए ।
‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ,’ उनी भन्छन् ।
उनले अहिले जनताले नेपाललाई हाक्ने नयाँ चालक खोजेको भन्दै त्यो चालक कांग्रेसभित्रै भएको उनको भनाइ छ । ‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण