प्लेयर टू वाच : लुका मोड्रिच, क्रोएसिया
पोजिसन : मिडफिल्डर
उमेर : ३७
सन् २०१८ मा क्रोएसिया विश्वकप फुटबलको फाइनलमा पुग्यो । सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको क्रोएसिया फाइनल खेलमा भने फ्रान्ससँग हार बेहोर्न पुग्यो । मोड्रिच उत्कृष्ट खेलाडी घोषित भए । लामो समय क्रोएसियाबाट उत्कृष्ट खेल प्रदर्शन गरिरहेका मोड्रिचका लागि यो विश्वकप अन्तिम विश्वकपका रूपमा रहनेछ ।
मोड्रिच यो विश्वकपमा पनि उत्कृष्ट फर्ममा छन् । ला लिगामा १३ खेल खेलेका मोड्रिचले ३ गोल र ३ असिस्ट गरेका छन् । यो विश्वकपमा पनि मोड्रिच मुख्य भूमिकामा छन् । ३७ वर्षीय मोड्रिचले सन् २००६ बाट क्रोएसियाका लागि १५५ खेल खेल्दै २३ गोल गरेका छन् ।
एक पटकका बालोन डी’ओर विजेता मोड्रिच यो विश्वकपमा क्रोएसियालाई ट्रफी दिलाउँदै सन्यास लिने मुडमा छन् । विश्वकप जित्न उनका लागि सम्भव भने छैन । सन् २०१८ को विश्वकपमा चार गोल गरेको मोड्रिच अहिले पनि उत्कृष्ट फर्ममा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचनको मध्यरातको मतपरिणाम : कसको कति मत ?
-
बझाङको ताजा मतपरिणाम : एमालेका उम्मेदवार थोरै मतान्तरले अगाडि
-
इलाम २ मा सुहाङले ५ हजार मत कटाउँदा कसले कति पाए ?
-
गोठाटार घटनाका मुख्य योजनाकारमाथि प्रहरीले गोली चलायो
-
इलाम २ मतगणना : यस्तो छ पछिल्लो मतपरिणाम, कसको कति मत ?
-
बझाङमा एमाले उम्मेदवारको ५ सय मतको अग्रता, कसले कति मत ल्याए ?