शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको प्यानल नै विजयी

बुधबार, ०७ मङ्सिर २०७९, १२ : ३०
बुधबार, ०७ मङ्सिर २०७९

कैलाली निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका प्यानल नै विजयी भएको छ । यसअघि यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भइसकेका छन् । 

प्रदेश सभाको दुई वटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजय भएका हुन् । प्रदेश सभातर्फको (१)मा घनश्याम चौधरी विजयी भएका छन् । उनी १३ हजार ९२३ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डंगौरा थारु ११ हजार ५७२ मत ल्याएका थिए । 

प्रदेश सभातर्फको (२)मा खुशीराम चौधरी ७ हजार ५३९ मतले विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउँद ६ हजार ६१९ मत ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप