कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको प्यानल नै विजयी
बुधबार, ०७ मङ्सिर २०७९, १२ : ३०
कैलाली निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका प्यानल नै विजयी भएको छ । यसअघि यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भइसकेका छन् ।
प्रदेश सभाको दुई वटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजय भएका हुन् । प्रदेश सभातर्फको (१)मा घनश्याम चौधरी विजयी भएका छन् । उनी १३ हजार ९२३ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डंगौरा थारु ११ हजार ५७२ मत ल्याएका थिए ।
प्रदेश सभातर्फको (२)मा खुशीराम चौधरी ७ हजार ५३९ मतले विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउँद ६ हजार ६१९ मत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय जेटको उडान तयारी अन्तिम चरणमा, विभिन्न पदमा रोजगारी खुला
-
‘सडक सुरक्षा सरकार, नागरिक, सञ्चारमाध्यम र सरोकारवालाको साझा दायित्व’
-
चीनमा ६० हजार टन चामल निर्यात गर्दैछ पाकिस्तान
-
कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
-
हेमन्तप्रकाश ओलीको प्रस्ताव : बालेन सरकारविरुद्ध आन्दोलन घोषणा गरौँ
-
आरती रावल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण