बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

शुभकामना दिँदै देव गुरूङले पृथ्वी सुब्बालाई भने,  'वाम एकताको पहल गर्नुस्'

बिहीबार, ०८ मङ्सिर २०७९, १० : ०१
बिहीबार, ०८ मङ्सिर २०७९

माओवादी महासचिव देव गुरुङले पृथ्वी सुब्बा गुरुङलाई प्रतिनिधि सभा सदस्यमा विजय भएकोमा बधाई दिँदै वाम एकताको पहल गर्न अनुरोध गरेका छन् । 

प्रतिनिधि सभा सदस्यमा झिनो मतान्तरले पराजित भएपछि पृथ्वी सुब्बालाई बधाई दिन पुगेका  देवले  वामहरु एक हुनुपर्ने र यसको पहल गर्न आग्रह गरेको पृथ्वी सुब्बा निकट स्रोतले जनाएको छ। 

भेटमा दुवैले एमाले-माओवादी एकता टिकाउन नसकेकोमा समीक्षा गरेका थिए ।  लमजुङमा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र माओवादी महासचिव देव चुनावी प्रतिस्पर्धा भएको थियो । एमाले गुरूङ प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप