बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मधेशको राजनीतिमा नयाँ युगको सुरुवात भएको छ : सिके राउत

शुक्रबार, ०९ मङ्सिर २०७९, ०० : २४
शुक्रबार, ०९ मङ्सिर २०७९

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा सिके राउतले आफूलाई विजय गराउने सबैलाई धन्यवाद दिएका छन् । उनले बिहीबार एक विज्ञप्तिमार्फत सबैलाई धन्यवाद दिएका हुन् । राउतले आफ्नो जितले देश र मधेसको राजनीतिमा नयाँ युगको सुरुवात भएको समेत बताएका छन् ।

उनले भनेका छन्– ‘यस निर्वाचनसँगै देश र मधेशको राजनीतिमा नयाँ युगको सुरुवात भएको छ । यो विकासको युगको सुरुवात हो । यो जनताराजको युगको सुरुवात हो । यो  सामुदायिक समाजवादको युगको सुरुवात हो ।’ उनले यसलाई समग्र जनताको जीत भएको बताउँदै जनअपेक्षा अनुसार काम गर्न र आफ्नो उत्तरदायित्व निर्वाह गर्न सदैव सम्पूर्ण जनताको सहयोग  रहनेछ भन्ने कुरामा आफू विश्वस्त रहेको समेत बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप