मधेशको राजनीतिमा नयाँ युगको सुरुवात भएको छ : सिके राउत
शुक्रबार, ०९ मङ्सिर २०७९, ०० : २४
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा सिके राउतले आफूलाई विजय गराउने सबैलाई धन्यवाद दिएका छन् । उनले बिहीबार एक विज्ञप्तिमार्फत सबैलाई धन्यवाद दिएका हुन् । राउतले आफ्नो जितले देश र मधेसको राजनीतिमा नयाँ युगको सुरुवात भएको समेत बताएका छन् ।
उनले भनेका छन्– ‘यस निर्वाचनसँगै देश र मधेशको राजनीतिमा नयाँ युगको सुरुवात भएको छ । यो विकासको युगको सुरुवात हो । यो जनताराजको युगको सुरुवात हो । यो सामुदायिक समाजवादको युगको सुरुवात हो ।’ उनले यसलाई समग्र जनताको जीत भएको बताउँदै जनअपेक्षा अनुसार काम गर्न र आफ्नो उत्तरदायित्व निर्वाह गर्न सदैव सम्पूर्ण जनताको सहयोग रहनेछ भन्ने कुरामा आफू विश्वस्त रहेको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण