बर्दिया–१ (२) मा नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित
बर्दिया क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी विजयी भएका छन् । उनले १३ हजार दुई सय ३० मत ल्याएर विजयी भए भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का भक्तबहादुर विश्वकर्माले १२ हजार एक सय ८३ मत प्राप्त गरे ।
चौधरी एक हजार ४७ मतको अन्तरले विजयी हुन सफल भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ । गठबन्धनबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी अञ्जु दहितले ११ हजार चार सय ९० मत पाइन् । दहित बारबर्दिया नगरपालिकाकी पूर्वउपप्रमुख हुन् ।
बर्दियामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभाकै मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभा–१ मा कांग्रेसका सञ्जयकुमार गौतम, क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार लालवीर चौधरी, क्षेत्र नं १ (१)का सदस्य कांग्रेसका भुवनेश्वर चौधरी, १ (२) मा नागरिक उन्मुक्ति पार्टीका चौधरी र क्षेत्र नं २ (१)मा जन्मजय तिमिल्सेना र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी क्षेत्र नं २ (२)मा विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण