१९ बर्षकी किशोरीले बनाइन् रेप प्रुफ पेटी !
दिल्ली -भारतका उत्तर प्रदेशमा एक सामन्य परिवारकी एक यूवतीले यस्तो कोशिष गरेकी छिन कि, जसले उनलाई आशा छ कि विश्वभर केटीहरु बलात्कारबाट बच्न सक्छन् ।
सीनूले एक यस्तो पेटी बनाएकी छिन जसमा एक खालको लक लगाइएको हुनेछ, जसले महिलालाई बलात्कारबाट बचाउनेछ । सीनु यसलाई रेप प्रुप पेटी भन्छिन् ।
यो पेटी बनाउनका लागि बुलेट प्रुफ कपडा प्रयोग गरिएको छ । यसमा एक स्मार्ट लक, एक जीपीआरएस र एक रेकर्डर पनि लगाइएको छ ।
१९ बर्षका सीनु कुमारी उत्तर प्रदेशको फरुर्खावाद जिल्लाको एक निम्म मध्यबर्गीय परिवारकी छोरी हुन । उनका पिता किसान हुन् ।
सीनुको भनाई छ कि उनी केन्द्रीय बाल एवं विकास मन्त्री मेनका गान्धीबाट प्रशंसा मिल्यो । उनी अव यो पेटीको अधिकार सुरक्षित गर्दैछिन् ।
बीबीसीसँगको कुराकानीमा सीनुले भनेकी छिन कि पेटीलाई न त सजिलै काट्न सकिन्छ न त जलाउन नै । यसमा लगाइएको स्मार्ट लक केवल पासवर्ड हालेर मात्र खुलाउन सकिन्छ ।
सीनु भन्छिन कि यसमा एक बटन लगाइएको छ, जसलाई दवाएपछि तुरन्तै इमरजेन्सी या १०० नम्वरमा डायल हुन्छ । यसमा लागेको जीपीआरएसको मुद्धतबाट प्रहरीले लोकेशन पत्ता लगाउँछ । रेकर्डरले त्यस आसपासको सवै आवाज रेकर्ड गर्छ ।
यो पेटी बनाउन सीनुले चार हजार खर्च गरिन । परिवारले पुरै सहयोग गर्यो । सीनुले आफ्नै अनुसन्धानबाट यस्तो पेटी बनाएको बताएकी छिन् ।
सरकारी सहयोग मिले यो पेटीलाई अझ राम्रो बनाउन सकिन सीनुको भनाई छ । टीभीमा दैनिक महिलामाथि हुने हिंसाका घटनाले आफलाई चिन्तित पार्ने गरेको सीनुले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण