बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेशसभातर्फ ४ प्रदेशमा कांग्रेसको अग्रता, प्रदेश १ र मधेसमा चम्कियो एमाले

शनिबार, १० मङ्सिर २०७९, ०९ : ००
शनिबार, १० मङ्सिर २०७९

प्रत्यक्षतर्फ प्रदेशसभाको जारी मतगणनाअनुसार नेपाली कांग्रेसले ४ प्रदेशमा पहिलो स्थान हासिल गरेको छ।  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेसको अग्रता देखिएको छ । बागमती प्रदेशमा कांग्रेसले १८ सिटमा जित हासिल गरेको छ भने ६ सिटमा अग्रता कायमै छ । कांग्रेसको पछिपछि रहेको एमालेले ९ सिटमा जित र ४ मा अग्रता बनाएको छ । 

यस्तै गण्डकी प्रदेशमा कांग्रेसले १२ मा जित र ४ मा अग्रता बनाउँदा एमालेले १२ सिटमै जितेको छ । तर एमालेको अग्रता कुनै पनि सिटमा छैन । यस्तै लुम्बिनी प्रदेशमा कांग्रेसले १४ सिट जितिसक्दा ३ मा अग्रता कायमै छ । यस्तै एमालेले १२ सिट जितेको छ । अझै एमालेले ६ सिटमा अग्रता बनाएकाले कांग्रेसलाई पहिलो स्थान कायमै राख्न भने चुनौती छ । 

यस्तै कर्णाली प्रदेशमा कांग्रेसले ६ सिटमा विजय हासिल गर्दा ३ मा अग्रता कायमै छ । यस्तै पछिपछि रहेको माओवादीले ६ सिटमै जितेपछि अग्रता २ स्थानमा मात्रै छ । यस्तै सुदूरपश्चिम प्रदेशमा माओवादीको अग्रता छ । माओवादीले ७ सिटमा जित हासिल गर्दा एकमा अग्रता छ । 

दोस्रो स्थानमा रहेको कांग्रेसले ६ सिटमा जित दर्ता गर्दा ५ मा अझै अग्रता छ । यस हिसावले माओवादीलाई अग्रता टिकाइराख्न चुनौती छ ।  यस्तै प्रदेश १ मा भने एमाले पहिलो दल बन्ने पक्कापक्की जस्तै छ । एमालेले १७ सिटमा जित र ८ मा अग्रता बनाएको छ । यस्तै दोस्रोमा कांग्रेसले १० सिटमा जित र ६ मा अग्रता बनाएको छ । सत्ता गठबन्धनका बीच पनि एमालेले प्रदेश १ मा आफ्नो प्रभाव जमाइराख्न सफल भएको हो । 

यस्तै एमालेका लागि प्रतिकुल रहेको मधेस प्रदेशमा पनि अवस्था सुधार गरेको छ। मधेस प्रदेशसभामा हालसम्म १२ सिट जितिसकेको छ भने २ मा अग्रता कायमै छ । यस्तै कांग्रेसले ११ सिट जित्दा एकमा अग्रता कायमै छ । मधेस केन्द्रीत दल जसपा र लोसपा सो प्रदेशमा क्रमशः तेस्रो र चौथो स्थानमा छन् । मधेसमा एमालेले जसपासँग तालमेल गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप