सर्वोच्चको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गर्ने दुईजना पक्राउ
मङ्गलबार, १३ मङ्सिर २०७९, ११ : ०३
सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ‘न्याय चाहियो’ भन्दै रंग फालेर प्रदर्शन गर्ने सिरहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
श्रीमानबाट हिंसामा परेको भन्दै न्याय माग्न सर्वोच्च आएको बिनुको भनाइ छ । मंगलबार सर्वोच्चमा बिनुसँगै पुगेकी ज्यास्मिन महिला अधिकारवादी हुन् । बिनुले यसअघि रामेछाप जिल्ला अदालतको इजलासमा विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् । पतिविरुद्ध उनले दायर गरेको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण