चुनाव जितेसँगै ‘एक्सन’मा सीके राउत

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले चुनावको समयमा जनतासँग गरेको प्रतिवद्धता पूरा गर्नेतिर आफ्नो कदम चालेको छ । मंसिर ४ गते सम्पन्न चुनावबाट सप्तरी २ का प्रतिनिधि सभा सदस्यमा विजय भएका अध्यक्ष राउतले युवालाई रोजगार र किसानलाई मल दिनका लागि पहल थालेका छन् ।
रोजगार सम्भावना खोज्दै जनमतका अध्यक्ष एवं प्रतिनिसभा सदस्य सिके राउतले राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय गएर त्यहाँका अवस्थाबारे जानकारी लिएका छन् ।
सप्तरी २ (ख) को प्रदेश सभा सदस्यमा जितेका जनमत पार्टीका नेता महेश यादवलाई साथ लिएर व्यवस्थापना कार्यालय पुगेका अध्यक्ष राउत त्यहाँको बारेमा सम्पूर्ण जानकारी लिएर फर्केका छन् ।
त्यस्तै, सप्तरी २ (क) को प्रदेश सभामा जितेका जनमत पार्टीका नेता सतिश सिंह पनि कृषि सामग्री संस्था पुगेर मलको बारेमा जानकारी लिए । किसानलाई पुग्ने गरि पर्याप्त मल नभएका र भएका मलमा पनि कालोबजारी हुने गरेको आफूले पाएको उनले बताए ।
भएका मल पनि ठीक समयमा उचित मूल्यमा किसानलाई वितरण गर्न सकियो मलको समस्या धेरै हदसम्म समाधान हुने प्रदेश सभाका सांसद सतिश सिंहले बताए । संस्थामा आउने मल किसानले समयमा पओस् भनि आफूहरुको कडा निगरानी रहने र किसानका लागि मलको थप व्यवस्था गर्ने बताए ।
चुनावको समयमा १० लाख युवालाई रोजगार दिने भन्दै सिके राउतले एक घर एक रोजगारको व्यवस्था गरिने भनि प्रतिवद्धता जनाएका थिए । प्रतिवद्धता सुनेर वैदेशिक रोजगारमा रहेकाहरुले पनि आआफ्ना घरमा फोन गरेर सिके राउतलाई भोट दिन भनेका थिए । सिके राउत आएपछि स्वदेशमै रोजगार पाउने भनि विश्वासका साथ उनीहरुले सिके राउतका पार्टीलाई सहयोग गरेका छन् ।
त्यस्तै किसानका लागि मलको अभाव छ । गहुँ छर्ने बेला भएको छ । तर किसानसँग मल छैन । चुनावमा मत माग्न जाँदा किसानले सबभन्दा बढी कुरा मलकै गरेको थियो । मत माग्ने क्रममा जनमत पार्टीका उम्मेदवारहरुले आफूहरु जितेपछि मलको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए ।
अहिले चुनाव जित्नै वित्तिकै उनीहरु ती प्रतिवद्धता पुरा गर्नेतिर लागेका छन् । अध्यक्ष राउतले जनताको गुनासो सुन्नका लागि गुनासो बक्स पनि राखेका छन् । उनले राजविराज कुनौली मोडमा सप्तरी २ को जनताको लागि संसदीय जनसम्पर्क कार्यालय खोलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
-
१० बजे, १० समाचार : भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, दुर्गा प्रसाईंले गरे करोडौँ ऋण दुरुपयोग
-
नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी