सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन

सोलुखुम्बुका एक हजार एक सयभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन् । जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा पाँच दिनदेखि अन्धकारमा रात कटाउन बाध्य छन् ।
महाकुलुङ गाउँपालिका–५ चाचालुङस्थित बुदुमखोला लघुजलविद्युत् आयोजनाको मेसिनमा खराबी आएसँगै सो क्षेत्र बिजुलीविहीन छ । महाकुलुङको वडा नं ४ र ५ तथा सोताङ गाउँपालिकाको ५ नाम्लुङ क्षेत्रमा बुदुमखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा उपलब्ध हुँदै आएको थियो । एक सय किलोवाट क्षमताको उक्त योजना अवरुद्ध भएसँगै सो क्षेत्रका बासिन्दा टुकीको भरमा बस्न बाध्य छन् ।
बिजुली नहुँदा सबैभन्दा बढी मारमा विद्यार्थी छन् । उनीहरूलाई पढ्न समस्या भएको छ । रेडियो तथा मोबाइल चार्ज गर्न नपाउँदा सञ्चार सेवाबाट समेत वञ्चित भएको स्थानीय मनुहाङ किराँतीले बताए ।
मेसिनको टर्वाइन पुल्लीमा खराबी आएको छ । विद्युत् सेवा पुनः सञ्चालन गर्न पहल भइरहेको विद्युत् उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणकुमार राईले बताए । “बिग्रिएको मेसिन मर्मत गर्न काठमाडौँ पठाएका छौँ, ढिलोमा एक साताभित्र सेवा पुनः सञ्चालन हुन्छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा चोरी गरेको आरोपमा ३ जना पक्राउ
-
गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा
-
नवनियुक्त आईजीपी कुँवरलाई प्रधानमन्त्रीको बधाई
-
बल्खु–कलंकी सडकको सर्भिस लेन किन भत्काइयो ?
-
बसन्त कुँवर : २८ वर्षसम्म ‘लो प्रोफाइल’मा काम गरेका आईजीपी
-
साताको सेयर बजार : नेप्से सूचक १८ अंकले माइनसमा, कारोबार ६ अर्ब पनि पुगेन