एकीकृत समाजवादीलाई मत दिएर राष्ट्रिय पार्टी बनाउन सहयोग गरौँ : शर्मा
बुधबार, १४ मङ्सिर २०७९, ११ : ४५

नेकपा (माओवादी केन्द्र)का नेता हिमाल शर्माले एकीकृत समाजवादी पार्टीलाई प्रतिनिधि सभा तर्फ मत दिएर राष्ट्रिय पार्टी बनाउन सहयोग गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै शर्माले आफै सकेसम्म ३ प्रतिशत कटाएर राष्ट्रिय पार्टी बनोस् भनेर कामना पनि गरेका छन् । यदि त्यसो हुन नसकेमा राष्ट्रिय पार्टी बनाउन सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
‘पहिलो कुरा अबको बाँकी गणनामा आफै ३ प्रतिशत पुगोस् कामना गरौँ ’ शर्माले लेखेका छन् , ‘थोरैले अपुग हुन गएमा अव चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिक तर्फ कलम चिन्हमा मतदान गरेर नेकपा (एकीकृत समाजवादी)लाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौँ !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’
-
दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला
-
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा उप्रेती नियुक्त