उचित मूल्यको पर्खाइमा जुम्लाका स्याउ
जुम्लाका स्याउ भदौको पहिलो हप्ता पाकिसक्छ । अधिकांश किसानले स्याउ भदौ,असोजमा बिक्री गरिसक्छन्। केही किसानहरुले राम्रो भाउ पाइने आशामा मंसिर र पुष महिनासम्म पनि स्याउ भण्डारण गरी राखिरहेका हुन्छन्।
कतिपय किसान बाध्यताबस स्याउ थन्क्याएर राख्नुपर्ने अवस्थामा छन्। तिनै मध्येका एक हुन्, सिंजा गाउँपालिका ५ गोरा गाउँका किसान रामसिंह रावल। दसैंमा नेपालगन्ज लैजाने भनेर टिपेर काटुनमा प्याक गरिराखेका स्याउ ढुवानी गर्ने गाडी नपाउँदा दुई दिन जति रोकिए। त्यसपछि लगातारको वर्षाले ठुलो जनधनको क्षति गर्‍यो। राजमार्ग क्षतविक्षत भयो। उनले स्याउ बेच्न पाएनन्।
बाटो बन्द भएपछि जुम्ला बजार ल्याएर राखेका स्याउ बिक्री नहुँदा उनी तनावमा छन्। स्तरीय बाटो र किसानमैत्री नीति नहुँदा नोक्सान बेहोर्नु परेको उनको गुनासो छ। काठमाडौंमा पुर्याए तीन चार सय रुपैयाँ किलोमा बिक्री हुने भएपनि जुम्लामा घुइयाको भाउमा बेच्नु पर्ने अवस्थाले कृषिमा सरकारका नीति असफल भएको उनको तर्क छ।
प्रायजसो एयरपोर्टमा स्याउ बेच्न आउने गेठीचौर गाउँपालिका-३ की उमादेवी अधिकारी स्याउ बिक्री नहुँदा निकै नरमाइलो लाग्ने बताउँछिन्। 'नेपालगन्ज जाने मान्छेहरुले लिन्छन्की भन्ने आशले स्याउ बेच्न ल्याउँछु' उनले भनिन्-'कहिले प्लेन आउँछ, कहिले आउँदैन। सबै मान्छेले स्याउ किन्दैनन्।'
झण्डै दुई घण्टा हिँडेर बजार पुग्ने उनी स्याउ बिक्री नहुँदा फेरि भारी बाकेर फर्किन निकै कठिन हुने बताउँछिन्। त्यसैले धेरैजसो समय स्याउ घुइयाको भाउमा बेच्नु पर्ने उनी जस्तै धेरैले जुम्ली किसानको वाध्यता छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण