बी एण्ड बी हस्पिटलले देशभरका पत्रकारको उपचारमा छुट दिने
ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालले देशभरका पत्रकार र परिवारलाई उपचारमा छुट दिने भएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा बी एण्ड बी हस्पिटलले पत्रकारलाई छुट योजना ल्याएको हो । छुट योजनाका लागि शुक्रबार पत्रकार महासंघ ललितपुर शाखा र अस्पताल व्यवस्थापनबीच सम्झौता भएको छ ।
सम्झौतामा पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपाने र बी एण्ड बी अस्पतालका कार्यकारी निर्देशक डा निरजलाल वैद्यले हस्ताक्षर गरेका हुन् ।देशभरका सबै पत्रकालाई उपचार तथा औषधीमा १५ प्रतिशत छुट दिने सम्झौता अस्पतालले गरेको छ । यसमा ओपीडी परीक्षणदेखि आकस्मिक उपचार, शल्यक्रियासम्म पर्ने कार्यकारी निर्देशक वैद्यले जानकारी दिए ।
पत्रकारलाई मात्रै नभएर आश्रित परिवारलाई पनि छुट सुविधा लागू हुने सम्झौतामा उल्लेख छ । आश्रित परिवारका रुपमा आमा, बुबा, श्रीमान, श्रीमती र २ जना छोराछोरी गरी ६ जनाको उपचारमा छुट हुनेछ ।
भट्टराईका अनुसार केही निश्चित उपचारमा भने यो लागू हुने छैन। पीसीआर परीक्षण, अस्पतालले छुट दिएर सञ्चालन गरिरहेका परीक्षण प्याकेजहरु, परीक्षणका लागि विदेशमा पठाउनु पर्ने भएमा, अप्रेसनका लागि प्रयोग हुने सामग्री आदिमा १५ प्रतिशत छुटको नियम लागू हुँदैन ।
देशभर रहेका पत्रकार महासंघ सबै सदस्यले यो सुविधा पाउने पत्रकार महासंघ ललितपुरका सचिव रामहरि कार्कीले जानकारी दिए। राज्यको चौथो अंगको उपमा पाएका पत्रकारहरुसँग सहकार्य गर्न पाउँदा खुसी लागेको प्रमुख प्रशासक प्रकाश भट्टराईले बताए।
सम्झौतामा उल्लेख नभएपनि कुनै विशेष परिस्थिति आएमा उपचारमा थप सहुलीयत दिने प्रतिवद्धता भट्टराईले जनाए। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, अग्रत पत्रकार प्रभु नारायण बस्नेत, पत्रकार महासंघ उपत्यका प्रदेशका सदस्य माधव प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण