विकृत निर्वाचनले लोकतन्त्रलाई कमजोर बनायो : गिरिराजमणि पोखरेल

नेकपा माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेलले विकृत निर्वाचनले लोकतन्त्रको सबल पक्षलाई कमजोर बनाउँदै लगेको आरोप लगाएका छन् । निर्वाचनको विकृत पक्ष झाङ्गिदै गएको प्रति चिन्ता व्यक्त गर्दै पोखरेलले वामपन्थी समेत यो चेतबाट पृथक नरहेको धारणा राखे ।
पत्रकार सम्मेलनमा पोखरेलले संविधान जारी हुँदा पनि निर्वाचन प्रणाली र शासकीय स्वरुपको विषयमा जोडदार आवाज उठाउँदै आएको जिकिर गर्दै आफूहरुले भनेजस्तो नभएको हुनाले यसको औचित्य पुष्टि हुँदै गएको बताए । उनले निर्वाचनको विषयमा सोच्न बाध्य बनाएको र यस विषयमा शसक्त हस्तक्षेपकारी छलफल चलाउन आमपार्टी, बौद्धिक वर्ग र नागरिक समाजसँग माग गरेका छन् ।
चुनाव परिचालनका नाममा हुने अघोषित शक्ति प्रदर्शनले चुनाव थप विकृत बन्दै गएको आरोप लगाउँदै नेता पोखरेलले विवेकपूर्ण मताधिकार बन्दी बन्दै गएको बताए । लगातार तीन पटक महोत्तरी-१ बाट विजयी भएका पोखरेल यो निर्वाचनमा भने एमालेका लक्ष्मी महतोसँग पराजित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्वासी बस्तीमा खानेपानी रोकिएको भन्दै प्रभु साहद्वारा ध्यानाकर्षण
-
दुई तिहाइको अहङ्कारको बेलुन फुटिसकेको देख्छु : प्रचण्ड
-
झापामा ठुलो परिमाणमा ब्राउन सुगर बरामद
-
राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनमा उत्रिने घोषणा
-
विद्युत् सर्ट भएर आगलागी, लाखाैँको क्षति
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !