साताको कार्टुन : ‘किङ्मेकर’ को विकल्प खुला !
आम निर्वाचनको परिणाम अन्तिम चरणमा पुगेसँगै नयाँ सत्ता समीकरणका लागि दौडधुप सुरु भएको छ । आगामी सरकारको नेतृत्व यही सत्तारुढ गठबन्धनले गर्छ कि नयाँ समीकरण बन्छ भन्नेमा विभिन्न आङ्कलनहरू भइरहेका छन् ।
कुनै पनि दलले स्पष्ट बहुमत नपाएको अवस्थामा चुनावबाट तेस्रो शक्तिका रूपमा उदाएको नेकपा माओवादी केन्द्र यसपटक पनि सत्ता निर्माणमा ‘किंगमेकर’ देखिएको छ । ठुलो दलको रूपमा कांग्रेसले नयाँ सरकारको नेतृत्वमा दाबी गरिरहँदा माओवादीले आफ्नै नेतृत्वमा सरकार निर्माणका लागि सबै ‘विकल्प’ हरू खुला राख्ने निर्णय गरेको छ । एमालेसँग पनि नयाँ सरकार निर्माणका लागि छलफल गर्ने माओवादीको भनाई छ ।
अबको केही दिन सत्ता समीकरणको रस्साकस्सीमा नै बित्ने पक्का छ । कसले बहुमत साबित गरेर सरकारको नेतृत्वमा दाबी गर्छ, त्यसका लागि लागि भने केही समय पर्खनु नै पर्नेछ । हेरौँ साताको कार्टुन :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण